Logo

अर्थ

अर्थ समिति बैठक बस्दै, करका दर हेरफेर विवादबारे अर्थमन्त्रीसँग जवाफ मागिने



काठमाडौं। संघीय प्रतिनिधिसभाअन्तर्गत अर्थसमिति बैठक अहिले बिहान ८ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले सहभागी हुने उनको सचिवालयले बताएको छ।

आजको बैठकमा अर्थमन्त्री वाग्लेसँग आगामी आवको बजेटमा गरिएको करका दर हेरफेर, राजस्व र व्ययकाे अनुमान, बजेट कार्यान्वयनलगायत विषयमा छलफल हुन सक्ने बताइन्छ।

बैठकमा समितिकाे मस्याैदामाथि छलफल हुनेछ।

समिति सभापति डा. कृष्णहरि बुढाथोकीले अर्थमन्त्रीसँग पछिल्लो समय विकसित घटनाबारे सोधपुछ गर्न बैठक बोलाइएको बताए।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ०८:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।