Logo

राजनीति

संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि बढाए



काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।

सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मनतव्यमा समेत बोलिरहेको र विरोध जनाइरहेको कारण रोष्टममा गएर बोल्ने तयारी नरहेकोले आफूले समय दिन नसकेको स्पष्ट पारेका थिए ।

अहिले अध्यक्ष राई र उनको पार्टीका सांसदहरु पर्चा बाकेर वेल घेराउसहित विरोध जनाइरहेका छन् । तर सभामुखले पेलेर सदन अगाडि बढाइरहेका छन् ।

उनीहरुले सदनभित्रै आफूहरूलाई विभेद भएको भन्दै गम्भीर प्रश्न उठाइरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १८:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।