Logo

प्रमुख समाचार

लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको अवसरमा बधाई दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश जारी गर्दै मोदीको उक्त उपलब्धिलाई ऐतिहासिक भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा उनले मोदीको सुस्वास्थ्य, सफल नेतृत्व तथा भारतका जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरेका छन्।

साथै नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिँदै आगामी दिनमा दुई देशबीचको सहकार्य र मित्रतालाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

मोदीले जुन १० मा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमानलाई उछिन्दै नयाँ इतिहास कायम गरेका थिए। उक्त उपलब्धिपछि विभिन्न देशका नेताहरूले उनलाई बधाई तथा शुभकामना सन्देश पठाइरहेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार ०७:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।