Logo

समाचार

राखेप उपाध्यक्षमा नियुक्त भए पूर्व गोलरक्षक श्रेष्ठ



काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकायका रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक विशाल श्रेष्ठलाइ नियुक्त गरिएको छ।

राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन्। सदस्यहरु अधिकांस पूर्व खेलाडी पृष्ठभूमिबाटै नियुक्त भएका छन्। जसमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीहरूले खेलकुद क्षेत्रको विकास, खेल प्रशासनको सुदृढीकरण तथा खेलाडीमैत्री नीति निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार ०८:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।