Logo

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण, इरानले गर्‍यो होर्मुज जलमार्ग बन्दको घोषणा



काठमाडौं ।अमेरिकी सेनाले इरानका सैन्य लक्ष्यमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप बढेको छ।

अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजलाई निशाना बनाएको तथा जलमार्ग बन्द गरिएको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले होर्मुज क्षेत्रमा रहेका केही जहाजमाथि आक्रमण गरेको जनाएको छ।

तर अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने व्यापारिक जहाजको आवतजावत जारी रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा कारबाहीको चेतावनी दिएका छन्।

इरानले भने कुनै दबाब वा धम्कीसमक्ष नझुक्ने प्रतिक्रिया दिएको छ।

हालैका दिनमा दुवै पक्षले एकअर्काका सैन्य तथा निगरानी केन्द्रलाई निशाना बनाउँदै आएका छन्।

अप्रिलमा भएको युद्धविरामपछि पनि तनाव पूर्ण रूपमा साम्य हुन सकेको छैन।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव António Guterres ले पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई थप गम्भीर संकटतर्फ धकेलेको चेतावनी दिएका छन्।

उनले सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गरेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार ०८:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।