काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारी साधनमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् ।
आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजश्व हिनामिना भएको बताएकी हुन् ।
ओलीका अनुसार ७ देखि ८ सिट क्षमताका सवारी साधनलाई ११ सिटका रूपमा वर्गीकृत गरी फोल्डिङ सिटलाई समेत मान्यता दिइएको छ । यसका आधारमा ३० प्रतिशत भन्सार लाग्ने सवारीलाई ११ सिटका नाममा १० प्रतिशत भन्सारमा आयात गरिएको उनले आरोप लगाइन् । यस प्रक्रियाबाट करिब २० प्रतिशत राजस्व हिनामिना भएको उनको दाबी छ ।
त्यस्तै, ११ देखि १४ सिट क्षमताका सवारी साधनलाई पनि सिट संख्या हेरफेर गरी १५ देखि १८ सिटको रूपमा वर्गीकरण गरी कर दर १० प्रतिशतबाट १ प्रतिशतमा झारिएको र करिब ९ प्रतिशत राजस्व गुमाइएको उनले बताइन्। ‘यस्ता करिब ५ हजार भन्दा बढी गाडी आयात भइ दर्ता भइसकेको र अन्य आयात भइ दर्ता हुने क्रम जारी नै छ,’ उनले भनिन् ।




















प्रतिक्रिया