काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नैतिकताको उच्च मापदण्ड कायम गर्दै बनाएको आफ्नो छबि धमिल्याउने उद्देश्यले नियोजित रूपमा केही व्यक्तिहरू लागेको आरोप लगाए । आफूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले समितिमा भावुक हुँदै गुनासो समेत व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले भने- ‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’




















प्रतिक्रिया