Logo

राजनीति

इप्पानको नेतृत्व चयनमा एक उपमहासचिव र पाँच सचिव निर्विरोध



काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारण सभाबाट हुने नेतृत्व चयनका लागि भएको उम्मेद्वार दर्तासँगै एक उपमहासचिव र पाँच जना सचिव निर्विरोध भएका छन्।

भोलि अर्थात जेठ २९ गते काठमाडौंको दरबार मार्गस्थित याक एण्ड यति होटलमा वार्षिक साधारण सभासँगै नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता भएको थियो।

जसमा उपमहासचिवमा कविता पोख्रेल निर्विरोध भएकी हुन्। यस्तै सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र समन कुमारी जोशी नियुक्त भएका हुन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार २०:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।