Logo

अर्थ

आज सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ३४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १५:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।