काठमाडौं। उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादव दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार उनीमाथि लागेको भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै सजाय कायम गरेको हो। उनलाई एक वर्ष कैदसँगै झण्डै सवा करोड जरिवाना तोकिएको छ।
उनले आफ्नो वैधानिक आम्दानीभन्दा एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी आर्जन गरेको विशेष अदालतको ठहर छ। उनलाई सोही रकम बराबर जरीवाना तिराउने फैसला भएको हो।
एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बराबरको जग्गा जफत गर्ने पनि अदालतको फैसलामा उल्लेख छ।
२०६३ भदौ ८ गतेदेखि २०८१ साल असार मसान्तसम्मको अवधिमा यादवले दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा आम्दानी गरेको देखिएको छ। खर्च भने पाँच करोड ७१ लाख ६६ हजारभन्दा बढी भएको अख्तियारको दाबी थियो।




















प्रतिक्रिया