Logo

खेलकुद

क्यानडा र बोस्निया १-१ को रोमाञ्चक बराबरीमा



फिफा विश्वकप २०२६ अन्तर्गत टोरन्टोस्थित बीएमओ फिल्डमा भएको रोमाञ्चक खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिना १-१ को बराबरीमा रोकिएका छन् ।

खेलको सुरुआत क्यानडाले राम्रो गरे पनि २१औं मिनेटमा जोभो लुकिचले हेडमार्फत गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली क्यानडाले दबाब बढाउँदै खेलको गति परिवर्तन गर्‍यो र अन्ततः साइल लारिनले उत्कृष्ट फिनिसिङ गर्दै बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन र खेल १-१ को बराबरीमै समाप्त भयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार ०७:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।