Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनकाे मूल्य प्रतिताेला २ लाख ९३ हजार २ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । गत शुक्रबार सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो ।

त्यस्तै चाँदीको मूल्यपनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ११:०६   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।