Logo

प्रमुख समाचार

केन्द्रीय निर्वाचन आयोगले गर्‍यो रास्वपा कैलालीको जिल्ला अधिवेशन रद्द



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णय गरेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जनाएको छ ।

अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘उक्त निर्वाचन प्रकियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढंगले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ । प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पलान नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार १४:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।