काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङसँगको फोटो फेसबुकमा राख्दै भनेका छन्- देश बनाउने टोली।
तस्बिरमा बालेन बीचमा बसेका छन् भने दुई मन्त्री दुईतिर। बालेनले दुई हातले दुई जनालाई अँगालो हालेका छन्।
कालो पहिरनमा सजिएका बालेनले पोस्टमा ‘पीएम, एचएम, आईएम’ लेखेका छन्। यसको अर्थ हो- प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर।
सुनिल सरकारका शक्तिशाली मन्त्री र बालेनका विश्वास पात्र मानिन्छन्। सुधन पनि बालेनका भित्रिया हुन्। उनी हालै दोस्रो पटक गृहमन्त्री बनेका हुन्।
सम्पत्ति विवरणमा विवाद निस्किएपछि सुधनले राजीनामा दिएका थिए। त्यसपछि सरकारले छानबिन समिति बनाएको थियो। छानबिन समितिले चोख्याएपछि उनी गृह मन्त्रालयमा फर्किएका हुन्।




















प्रतिक्रिया