Logo

खेलकुद

फिफा विश्वकपमा स्विडेनको फराकिलो जित



काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ ।

खेलको मुख्य आकर्षण युवा मिडफिल्डर यासिन आयारी बने, जसले खेलको सातौँ मिनेटमै दायाँ खुट्टाले ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली र सुन्दर गोलमार्फत स्वीडेनलाई अग्रता दिलाए । ट्युनिसियाली मूलसमेत रहेका आयारीले गोलपछि कुनै उत्सव नगरी सम्मानस्वरूप शान्त प्रतिक्रिया जनाएका थिए ।

स्वीडेनका आक्रमण जोडी अलेक्जेन्डर इसाक र भिक्टर योकेरेसले पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितलाई सहज बनाए । इसाकले ३० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए भने दोस्रो हाफमा उनले नै योकेरेसका लागि गोल असिस्ट गरेका थिए ।

ट्युनिसियाले पहिलो हाफको अन्त्यतिर ओमार रेकिक को हेडरमार्फत खेलमा फर्कने प्रयास गरे पनि स्वीडेनले दोस्रो हाफमा पूर्ण नियन्त्रण लियो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) समीक्षा पछि म्याटियास स्वानबर्ग ले चौथो गोल थपे ।

खेलको अन्त्यतिर आयारीले आफ्नो दोस्रो गोल गर्दै स्वीडेनको फराकिलो जित ५–१ मा पुर्याए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार १०:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।