Logo

अर्थ

सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि प्रतितोला सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार ११:३३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।