Logo

समाचार

सेफ सन्तोष साह रिहा



काठमाडौं । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह हाजिरी जमानीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई हाजिरी जमानीमा रिहा गरिएको बताए । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

साहविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा पनि दोषी ठहर गरेको थियो । ३० जेठ २०८२ मा २५ लाख बिगो र १ लाख २५ हजार जरिवानाका साथै १ महिना कैदको फैसला सुनाएको थियो । यसमा पुनरावेदन गर्ने अवधि बाँकी नै रहेको भन्दै प्रहरीले छाडेको हो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार ११:५४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।