Logo

समाचार

फुटपाथमा पार्किङ गर्ने प्रहरीकै गाडी कारबाहीमा



काठमाडौं। ‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै चितवन ट्राफिकले फुटपाथमाथि पार्किङ गर्ने प्रहरीकै गाडीलाई कारबाही गरेको छ।

पैदलयात्री हिँड्ने बाटो मिचेर सवारी पार्क गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिहीबार सो गाडीलाई कारबाही गरी जरिवाना तिराएको हो।

सडक नियम उल्लङ्घन गर्ने बा.च ३६४१ नम्बरको उक्त सवारीले नियम मिचेर फुटपाथमा पार्किङ गरेपछि भरतपुर ट्राफिकले चालक गोपाल दत्त जोशीका नाममा जरिवाना पुर्जी काटेको हो।

नेपाल प्रहरीले समेत सामाजिक सञ्जालमा यस कारबाहीको तस्बिर सार्वजनिक गर्दै नियम मिच्ने जोकोही कारबाहीको भागिदार हुने बताएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार २१:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।