Logo

राजनीति

रास्वपको केन्द्रीय सदस्यमा कोशीबाट मेहता पाइन् धेरै मत



काठमाडौं। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ। सुरुमा प्रादेशिकतर्फ केन्द्रीय सदस्यको मत सार्वजनिक गरिएको थियो।

सार्वजनिक परिणामअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मत निशा मेहताले पाएकी छन्। उनी साविक केन्द्रीय सदस्य र हाल स्वास्थ्य मन्त्री छिन्।

उनले १८६१ मत पाएकी हुन्। दोस्रो सर्वाधिक मत विश्वराज पोखरेलले १४६० मत पाए। कोशीबाट प्रादेशिक केन्द्रीय सदस्यमा २० जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार २१:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।