Logo

प्रमुख समाचार

वाईडबडीमा प्रकरणमा ओलीको संलग्नता बारे प्रमाणसहित खुलासाभएपछि…



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले वाईडबडी प्रकरणमा प्रधानमन्त्री केपी ओलीको पनि संलग्नता रहेको खुलासा गरेका छन्। उनले एक टेलिभिजन मार्फत अन्तरवार्ता दिने क्रममा उक्त कुराको खुलास गरेका हुन्।

‘प्रधानमन्त्री ओली वाइडबडीकाे अनियमितताकाे प्रकरणमा संलग्न छन्, म सँग प्रमाण नै छ्,उनले भने,’प्रधानमन्त्री ज्युले महालेखा परीक्षकको कार्यालयद्धारा आएको प्रतिवेदनमा खरिद प्रक्रिया गलत छ भनी लेखेको छ तर पनि उहाँ पैसा दिने निर्णय गरे।,यो पैसा दिने तारिका गलत होइन?’यसले प्रधानमन्त्री ओली संलग्न रहेकाे उनकाे दावी छ।

त्यस्तै उनले एउटा कम्पनी सँग सम्झौता भएर अर्को कम्पनीसँग सरकारले किन विमान खरिद गर्यो भनी प्रमाणसहित
कार्यक्रम फार्मत प्रधानमन्त्री ओलीलाई प्रश्न गरे।

,त्यस्तै उनले जुन कम्पनीलाई पैसा दिनुपर्ने हो त्ससलाई नदिइ अरु कम्पनीलाई किन दिइयो ?, २४२ टन क्षमताको हुने विमान २३० टन क्षमताको किन खरिद गरियो ? भनी प्रधानमन्त्री ओलीलाई प्रश्न दाेहर्याए।सांसद सिंहले सबै काम ओलीकै निर्णयमा भएको त्यसैले उनको पनि संग्लनता रहेको पुष्टी भएकाे बताए।

उनले वाईडबडी खरिदमा ब्यापक अनियमिता भएको छर्लंग देखिदा पनि कम्युनिष्ट सरकार मौन रहँदा भ्रष्टाचारीहरुको बचाउँ गरेको आरोप लगाए। उनले वाईडबडी खरिदमा भएको भ्रष्टाचारमा सत प्रतिशत प्रधानमन्त्री ओलीको प्रत्यक्ष संलग्नता रहेको पनि आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीको संलग्नता नभएको भए त भ्रष्टाचारमा संलग्नहरु कारबाहीमा पर्ने थिए नि ।’

उनले प्रधानमन्त्री ओली आफु बच्नको लागि वाईडबडी प्रकरणमा संलग्न अन्यलाई पनि कारवाही नगरेको बताए। लेखा समितिले दिएको प्रतिवेदनमा अनियमितता भएको प्रष्ट देखिदा पनि कम्युनिष्ट सरकार मौन रहँदा घटना झनै रहस्यमय बन्दै गइरहेको उनले बताए । सांसद सिंहले वाइडबडी प्रकरणबारे गरेकाे यस्ताे खुलासाका तथ्यहरूकाे चर्चा बालुवाटारमा भइरहेकाे स्राेतले बताएकाे छ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ३ : १९ बजे