Logo

अर्थ

एनसेल र एक्जियटाबाट लाभकर उठाउन सर्वोच्चको परमादेश



सर्वाेच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल विरुद्ध परेको मुद्दामा परमादेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीस सहितको ५ सदस्यीय बृहद् इजलासले एनसेल र एक्जियटाबाट कर उठाउन परमादेश जारी गरेको हो ।

झण्डै एकसातासम्म भएको सुनुवाईपछि अदालतले यस्तो फैसला गरेको हो । एनसेलले कर तिर्नुपर्छ भन्ने पक्षबाट फैसला गर्ने कानून व्यवसायी एवं निवेदक समेत रहेका द्वारिकानाथ ढुङ्गेल लगायत छन् भने एनसेलका तर्फबाट अधिवक्ता भावेष गौतम सहितका कानुन व्यवसायीले बहस गरेका थिए ।

नेपालमा मात्रै एनसेलले स्थापनाको १५ वर्षमा ५७ अर्ब ७२ करोड ८० लाख रुपैयाँ पु-याएर कारोबार गरेको थियो। पटक पटक कारोबार गर्दै आएको एनसेल फेरि पनि विक्री हुने तयारीमा रहेको बुझिन आएको छ । तर,  दश करोड रुपैयाँ पुँजी लगानी गरेर सुरु गरेको कम्पनीले १५ वर्षमा ५७ अर्ब रुपैयाँको मूल्य पु¥याउँदा पनि उसले पुँजीगत लाभकर बापतको कर नतिरेको भन्दै तीब्र विरोध र आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  १२ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।