Logo

प्रमुख समाचार

एनसेल काण्डमा पनि रविन्द्र अधिकारी पहिलो नम्बरमा रहेको खतिवडाले दिए प्रमाण



नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले एनसेललाई फोरजी अनुमति दिएर अर्बौंको राजश्व घोटालामा सहयोग गर्ने तत्कालीन विकास समितिका सभापति रविन्द्र अधिकारीलाई कारबाहीको माग गरेका छन् ।

संसदअन्तर्गतको तत्कालीन विकास समितिको सभापति भएका बेला अधिकारीले जबरजस्ती एनसेललाई फोरजी सञ्चालनका लागि अनुमति दिएका थिए । नेपाली कांग्रेसले त्यस बेला कर चुक्ता नगर्दासम्म एनसेललाई फोरजीको अनुमति दिनु हुँदै भन्दै आएको थियो ।

‘एनसेलबारे तत्कालीन लेखा समितिले कर चुक्ता नगरी फोरजी सेवाको अनुमति नदिने निर्णयलाई सोही समयमा विकास समितिका सभापति रविन्द्र अधिकारीको पहलमा फोरजीको अनुमति नदिएको भए सो रकम ३ वर्ष अघिनै राज्य कोषमा जम्मा हुन्थ्यो’, कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘यत्रो रकम हानी गर्नेलाई केही कार्बाही होला नहोला, ओली सरकार ?’

कांग्रेसका युवा नेता खतिवडाले एनसेलको कर छल्ने अभियानलाई सहयोग गर्ने रविन्द्र अधिकारीलाई कारबाही गर्न कम्युनिस्ट सरकारलाई आग्रह गरेका छन् ।

रविन्द्र अधिकारी अहिले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । मन्त्री अधिकारी वाइड बडी खरिद काण्डमा साढे चार अर्ब रकम भ्रष्टाचार गरेको अभियोगमा परेका छन् ।नेपाली कांग्रेसले अधिकारीलाई मन्त्री पदबाट हटाएर कारबाही गर्न भनेको छ । तर, ओलीले मन्त्री अधिकारीलाई संरक्षण गरेर राखेका छन् ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  १ : ०० बजे