पप्पु कन्स्ट्रक्सनले समयमै पुल निर्माण नगर्दा रौतहट जिल्लाका गौर,इशनाथ, राजपुर र परोहा नगरपालिकाका बासिन्दा प्रभावित भएका छन् । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका लाई जोड्ने लाल बकैया नदीमा निर्माणाधिन पुलले गति लिन नसक्दा त्यसक्षेत्रका बासिन्दा चिन्तित रहेका छन ।
पप्पु कन्स्ट्रक्सनले समयमै पुल निर्माण सम्पन्न गर्न चासो नदेखाएको हो । २०७१ असार २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि कामको ढिलासुस्तीले पुल निर्माण अधुरो रहेको हो । सो पुलको निर्माण कार्य ४० प्रतिशत मात्रै भएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार उक्त पुल निर्माण गरे बापतबाट पप्पु कन्स्ट्रक्सनले ५ करोड रुपैया पेश्कि रकम लिएको जनाइएको छ । समयमै सम्पन्न हुने आशमा रहेका त्यस भेगका बासिन्दा पुल नबनेपछि डुङ्गाको सहायतामा ओहोर दोहोर गर्न बाध्य भैरहेका छन । दुईनगरपालिका जोडने उक्त पुल कहिले निर्माण सम्पन्न हुने हो स्थानीयबासिन्दा झन् अन्यौलमा रहेका छन ।
तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला द्धारा शिलान्यास गरिएको उक्त पुल निर्माण सम्पन्न भएमा सदरमुकाम गौरबाट इशनाथ, राजपुर र परोहा नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्बित हुनेछन । कृषि बजारको पहुच समेत हुनेछ । भने पुलको काम अधुरै छाडेका कारण गत भदौं ९ गते सो नदिमा डुंगा दुुर्घटनामा परेर ५ जनाको ज्यान गएको थियो । तर पनि पुल निर्माणमा चासो देखाएको छैन ।
प्रतिक्रिया