Logo

अर्थ

नेपाललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्ससम्झौता



कामना सेवाविकास बैंक लिमिटेड रनेपाललाईफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवाआदानप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार अब यस बैंककाग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमानेपाललाईफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीबनबीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमाकामना सेवाविकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृतश्री प्रविण वस्नेत र नेपाललाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाटनायबप्रमुखकार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशकाविभिन्नभागहरुमा६३ वटा शाखातथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  २ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।