Logo

कर्णाली प्रदेश

“थारु तथा सोनाहा होमस्टे समितिलाई राजापुर १ नं वडा कार्यालयबाट फर्निचर हस्तान्तरण”



राजापुर नगरपालिका वडा नं−१, मुरगहवा बर्दियामा थारु तथा सोनाहा होमस्टे समितिलाई राजापुर नगरपालिका १ नं वडा कार्यालयका अध्यक्ष श्री खुशीराम थारु ज्यु बाट फर्निचर बेड हस्तान्तरण भएको छ ।

कर्णाली पर्यटकिय क्षेत्र विकास तथा लोपउन्मुख सोनाहा जातीको जिविकोपार्जनमा सहयोग पुग्ने साथै सोनाहा तथा थारु जातीको साँस्कृतिक, सामाजिक संरक्षणमा सहयोग हुने साथै उद्धेश्यले गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज द्धारा र राजापुर नगरपालिका १ नं वडा कार्यालयको संयुक्त सहयोगमा होमस्टे संचालनमा आउने भएको छ ।

उक्त होम चाँडै नै उद्घाटन गर्ने तयारीमा लागेको जानकारी होमस्टे समितिबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  २ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।