Logo

प्रमुख समाचार

ओली सरकार नसुध्रिए कांग्रेस आक्रमक बन्छ : नेता महत



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार नसुध्रिए बिरोधका कार्यक्रम अझ सशक्त बनाउन बाध्य हुने बताएका छन् । शुक्रबार प्रेस युनियन लमजुङले बेँसीशहरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेता महतले दुई तिहाईको सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘मुलुकमा हत्या, हिंसा, बलात्कार बढेको छ, पीडितले न्याय पाउनुको सट्टा पीडा बोक्नु परेको छ ।’

सरकारले जनमुखी काम गर्न नसकेपछि विरोधमा उत्रनुको बिकल्प नरहेको उनको भनाई थियो । ‘अहिले कांग्रेस कार्यकर्ता मात्र सडकमा आएका छन्,’ महतले भने, ‘सरकारको यस्तै रबैया रहे भोलि जनता नै सडकमा आउँछन् ।’

महतले कांग्रेस अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताए । ‘अब देशव्यापी सदस्य र प्रशिक्षण अभियान बढाउँछौँ, जनताको बीचमा जान्छौँ,’ उनले भने, ‘महासमिति बैठकले पास गरेका राजनीतिक, आर्थिक, सामाजिक अभियान तलसम्म लैजान्छौँ ।’

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ४ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।