Logo

प्रमुख समाचार

भेनेजुयलाबारे सरकारसँग धारणा माग्न पालो अब काँग्रेसको !



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे सरकारको आधिकारीक धारणा माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस सांसदहरुले भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आधिकारिक हो कि ? नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आधिकारिक हो भन्ने विषयमा सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

बैठकमा कांग्रेसका सांसदहरूले सरकारलाई देशको परराष्ट्र नीतिमा खेलाँची गरेको र एकपछि अर्को भ्रष्टाचारमा लिप्त भएको गम्भीर आरोप समेत लगाएका छन् । कांग्रेसका सांसदहरू डिला संग्रौला पन्त र भीमसेनदास प्रधानले सरकार विदेश नीतिमा चुकेको बताए । दुई पार्टीका दुई जिब्रे बक्तव्यले भ्रम सृजना गरेको उनीँहरुको भनाइ छ ।

कांग्रेसले सरकारका काममाथि गम्भीर प्रश्न उठाएको छ । कांग्रेस सांसदहरूले वाइडबडी भ्रष्टाचार प्रकरण सकिन नपाउँदै सरकारले बूढीगण्डकी चीनको गेजुवा कम्पनीलाई दिएर अर्को भ्रष्टाचार गरेको आरोप समेत लगाए ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।