काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रुपैयाँ तोकिएको छ । हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया