Logo

प्रमुख समाचार

‘निम्सदाइ’सहित चार आरोहीको शव आधार शिविर ल्याइयो



काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ ।

निम्सको कम्पनी एलिट एक्स्पेडकाअनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्‍याइएको हो ।

उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए भने सिरबाज खानसहित स्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शवलाई अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण उद्धार कार्यपश्चात् बेस क्याम्प ल्याइएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १६:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।