Logo

अर्थ

कर्मचारीको नयाँ तलब र सुविधा निर्धारण, मुख्य सचिव र प्रधान सेनापतिको ९० हजार ५ सय (कसको कति?)



काठमाडौं ।  सरकारले नयाँ आर्थिक वर्षबाट बृद्धि भएको कर्मचारीहरूको तलबमान र सुविधा निर्धारण गरेको छ । अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान कार्यान्वयनमा आएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत २०८३ साउन ६ गतेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो ।

अब निजामती सेवाको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक कूल तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यस्तै, सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।

तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूमध्ये कार्यालय सहयोगी (प्रथम स्तर) को मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ ।

अर्थ मन्त्रालयको पत्र अनुसार साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीहरूलाई एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत दिने निर्णय भएको छ । यो व्यवस्था निजामती, सेना, प्रहरी, स्वास्थ्य सेवा, शिक्षक र स्थानीय तहका सबै कर्मचारीहरूको हकमा लागू हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १२:०५   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।