Logo

प्रमुख समाचार

सुप्रिमो प्रचण्डलाई तनाब, माओवादी नेताहरूविरुद्ध भ्रष्टाचार मुद्धा हालिने



बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका महासचिव राजन थापा ‘सुवास’ले आफूहरूका मागको सुनुवाई नभए माओवादी लडाकुको शिविरमा भएको खर्बौंको भ्रष्टाचारविरुद्धको उजुरी हाल्ने चेतावनी दिएका छन् ।

थापाले विज्ञप्ति जारी गरेर बहिर्गमित लडाकुहरूले राखेका माग पूरा गर्न खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग आग्रह गरे ।

‘सिबिरमा खर्बौ भ्रष्टाचार गर्ने तपाईहरु चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ? अब भ्रष्टाचार गर्ने तपाईहरूबिरुद्ध ७७ वटै जिल्लामा र सर्बोच्च अदालतदेखि अख्तियारसम्म तपाईहरूका बिरुद्ध मुद्दा हाल्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले पसिना बगाइ, कमाएर तिरेको तिरोको करमाथि हिनामिना गर्ने अधिकार कसैलाई छैन ।’

‘वाइड बडी विमानमाथि खुलेआम रुपले ४ अर्ब ३५ लाख भ्रष्टाचार भएको पुष्टि भैसकेको छ । त्यो भ्रष्टचारी चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ?’, महासचिव थापाले भनेका छन्, ‘द्वन्द्व पीडितहरूलाई सडकमा छोडेर कसरी शान्ति प्रकृयाले पूर्णता पाउला ? यदि द्वन्द्व बेबस्था नगरेसम्म शान्ति प्रकृयाले पूर्णता पाउन सक्दैन ।’

राज्यले समस्याको समाधानभन्दा पनि द्वन्द्व नै चाहेको थापाले बताए । उनले द्वन्द्वपीडितहरूले उठाएको जायज मागलाई सम्बोधन गर्ने बाटो बिराएर उल्टै धरपकट गर्दै जबर्जस्ती द्वन्द्वतिर धकेल्ने बाटोमा राज्य लागेको बताए ।

‘प्रचण्ड हाम्रै कारण प्रधानमन्त्रीको कुर्सीसम्म पुग्नु भएको छ भने प्रधानमन्त्रीको कुर्सी योग्य, हामी कसरी अयोग्य ? यसको उत्तर ७ वटा डिभिजन कमान्डर, ४ जना डिपुटी कमान्डर र तत्कालीन सुप्रिम कमान्डर प्रचण्डले दिनुपर्छ डिपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’ तपाई यहि जनमुक्ति सेना कै कारण उपराष्ट्रपति बन्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘चक्रपाणि खनाल ‘बल्देब’ हाम्रै कारणले कृषिमन्त्री बन्नु भएको छ’, थापाले भनेका छन्, ‘डिपुटी कमान्डर जनार्दन शर्मा हाम्रै कारणले गृह मन्त्री बन्नु भयो । वर्षमान पुन अनन्त हाम्रै कारणले उर्जामन्त्री बन्नु भएको छ । प्रचण्ड तपाई हाम्रै कारण २ पटक प्रधानमन्त्री बन्नु भयो । के कुर्सी कै लागि मात्रै थियो त १० वर्षे जनयुद्धको लक्ष्य ?’

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।