Logo

अर्थ

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला ३ लाख नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार ११:३२   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।