Logo

प्रमुख समाचार

नाबालिगको डिम्ब निकालिएको घटना: डा. नुतन शर्मा बयान दिएर छुटिन्, आरोप अस्वीकार



काठमाडौं । आर्थिक प्रलोभनमा नाबालिगकको डिम्ब निकालिएको प्रकरणकी आरोपित वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ ।

१७ वर्षीया किशोरीको डिम्ब निकालिएको प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई २१ साउनमा घटनाका सम्बन्धमा प्रहरीले बयान लिएको हो । सुटुक्क जिल्ला प्रहरी परिसर, ललितपुर पुगेकी उनलाई सरकारी वकिलले बयान लिइएको हो ।

बयानमा शर्माले भने कानुन विपरीतको काम नगरेको भन्दै दाबी गरेको स्रोतले बतायो । ‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा. शर्माले बयानमा भनेकी छिन् । सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

आर्थिक प्रलोभन देखाएर किशोरीको डिम्ब झिक्ने प्रकरणमा डा. शर्माको प्रत्यक्ष संलग्नता रहेको भन्दै पीडित १७ वर्षीया किशोरीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी नै दिएकी थिइन् । किशोरी गम्भीर रूपमा बिरामी परेपछि परिवारले यसबारे थाहा पाएको थियो । सुरुमा पीडितलाई लगातार वान्ता हुने, पेट असाध्यै दुख्ने र पटक–पटक बेहोस हुने समस्या देखिएपछि परिवारले विभिन्न अस्पतालमा उपचार गराएको थियो ।

 

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार १५:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।