Logo

राजनीति

नेपाली कांग्रेसका जनप्रतिनिधिहरुद्वारा नगरसभा बहिष्कार



नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिले जयपृथ्वी नगरपालिकाको तेस्रोे नगरसभा बहिष्कार गरेका छन् । नगरपालिकाले कांग्रेसबाट विजयी जनप्रतिनिधिहरूसँग समन्वय नै नगरी सहकारी ऐन पारित गर्न खोजेको भन्दै नगरसभा बहिष्कार गरेका हुन् ।

नगरसभामा जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले स्थानीय सहकारी ऐन पारित भएको घोषणा गरेलगत्तै नेकपाबाट विजयी जनप्रतिनिधिहरूले ताली पड्काए भने कांग्रेसबाट विजयी जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए ।

सहकारी ऐन पारित गर्नेजस्ता गम्भीर विषयमा समेत समन्वय नगरी नगरपालिकाले एकलौटी ऐन पारित गर्न खोजेको भन्दै बहिष्कार गरेको नेपाली कांग्रेसबाट विजयी जयपृथ्वी नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर विष्टले बताए । उनले भने, ‘नगरपालिकाले यस्ता कमजोरी नसच्याए कांग्रेसका जनप्रतिनिधि कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ ।’

नगरसभा कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्षले नगर विकासबारे सबै पक्षले गम्भीर छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । नगरसभा कार्यक्रम आइतबार जिल्ला समन्वय समितिको सभाहलमा सुरु गरेको थियो ।

‘सहकारी ऐन नगरवासीका लागि उपयुक्त हुने हुँदा पारित गर्नका लागि एजेन्डा ल्याएका हौँ, उहाँहरू उठेर जानुभयो,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर शाहीले भने, ‘फेरि छलफल गरेर अगाडि बढ्छौँ ।’

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ४ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।