‘बाहिर साँढे जस्तो डुक्रिएर के गर्नु आफ्नै घरपरिवार मिलाउन सकेका रहेनछन्’ प्रचण्डको भाइ नाता पर्ने महेश दाहालले नेपाली कांग्रेसका एक कार्यकर्तासँग आफ्नो हालखबर सुनाउँदै भने ।नेपाली कांग्रेस छाडेर केही समयअघि नेकपामा प्रवेश गरेका महेश राजनीतिबाटै सन्यास लिने मुडमा छन् ।
नेपाली कांग्रेसमा राम्रै अवसर पाउँदा पाउँदै उनी नेकपामा प्रवेश गर्नुको मुख्य कारण थियो– ‘प्रचण्डको उत्तराधिकार पाउने लोभ ।’छोरा प्रकाशको निधन भएदेखि नै प्रचण्डले महेशलाई फकाउँदै भन्न थालेका थिए– ‘मेरो उत्तराधिकार तिमीले नै सम्हाल्नुपर्ने भयो, अब मेरो पार्टीमा प्रवेश गर्न ढिलाइ नगर्नु ।’
तर नेकपा प्रवेश गरेपछि भने महेश पछुताएका छन् । एकातिर प्रचण्डकी पत्नी सीताको शारीरिक तथा मानसिक स्वास्थ्य अझै सन्तुलनमा आउन सकेको छैन भने अर्कातिर छोरीहरू र बुहारीहरूबीचको द्वन्द्व मिलाउन नसक्दा प्रचण्ड आफै गल्दै गएका छन् ।
प्रचण्डका दुईवटा बुहारीमध्ये जेठी बुहारी सिर्जना त्रिपाठी घरपरिवारबाट अझै निलम्बनमा छिन् भने कान्छी बुहारी विना मगर मन्त्री छिन् । सौता सिर्जनाको निलम्बन कुनै हालतमा फुकुवा नगर्ने मात्रै होइन कि निष्कासन नै गर्ने अभियानमा मन्त्री मगर छिन् । उनले सार्वजनिक समारोहमै सौता सिर्जनाको हुर्मत लिने गरेकी छन् ।
उदाहरणका लागि गत मंसिरको पहिलो साता प्रकाश दाहालको पहिलो स्मृति कार्यक्रममा मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डकी छोरी रेणु, गंगा र कान्छी बुहारी बिना मगर बसेका थिए । जेठी बुहारी सिर्जना कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी थिइन् ।
केही नेताहरूको पहलमा सिर्जनालाई पनि मञ्चमा बोलाइयो । सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना मगरले पछाडि फर्केर ‘तपाई किन आउनुभएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् ।
बिनाले पछाडि फर्केर सिर्जनालाई हकारे लगत्तै छोरीहरू रेणु, गंगा र बुहारी बिना मञ्चबाट केहीबेर बाहिरिएका थिए । समाचार स्रोतका अनुसार सिर्जनालाई यसरी हकारेकोमा रेणु र गंगाले विना मगरसँग असन्तुष्टि प्रकट गरेका थिए ।
कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन् । तर छोरो भेट्ने अनुमति भने उनले पाइनन् । प्रकाशको प्रथम स्मृति दिवसका अवसरमा प्रकाशित गरिएको ग्रन्थमा छोरा प्रसिद्धको नाम छ, तर सिर्जनाको नाम भने छैन ।
प्रचण्डको उत्तराधिकारी को ?
यता, प्रचण्डको उत्तराधिकार कसले प्राप्त गर्ने ? भन्ने विषयमा बुहारी बिना र छोरी रेणुबीच तीव्र प्रतिस्पर्धा चलेको छ । हाल प्रचण्डको स्वकीय सचिव रहेकी अर्की छोरी गंगाले यो द्वन्द्वमा दिदी रेणुको साथ दिएकी छन् । गंगा नेतृत्वदायी राजनीतिमा छैनन् ।
उनलाई प्रचण्डले ललितपुरको खुमलटारमा विशाल घर किनिदिएका छन् । हाल खानेपानीमन्त्री रहेकी बुहारी बिना र भरतपुर महानगरपालिकाकी मेयर रहेकी छोरी रेणुमध्ये एकजनाले प्रचण्डको उत्तराधिकार प्राप्त गर्ने निश्चित जस्तै रहेको प्रचण्ड निकटका एक कार्यकर्ताले बताए ।
उनका अनुसार प्रचण्ड बुहारी तिर भन्दा छोरी तिर नै ढल्केका छन् । तर प्रकाशका नाममा रहेको तथा प्रकाशले विभिन्न व्यक्तिका नाममा राखेको सम्पत्तिको पूर्ण विवरण जति बुहारी बिनालाई थाहा छ, त्यति प्रचण्डलाई पनि थाहा छैन । यही कारण पनि बुहारी बिना प्रचण्ड निवासमा धेरै नै शक्तिशाली छिन् । उनले भनेको कुरा काट्न सक्ने हिम्मत प्रचण्डले राख्दैनन् ।
समाचार स्रोतका अनुसार काठमाडौंको पानीपोखरीमा जापानिज दूतावाससँगै रहेको अपार्टमेन्ट छोरा प्रकाशले बिना मगरका लागि भर्खर लभ सुरु भएको बेला दुई करोड रूपैयाँमा खरिद गरिदिएको प्रचण्डले धेरै पछि थाहा पाएका थिए । बिनालाई भगाउना साथ प्रकाशले सर्वप्रथम त्यही अपार्टमेन्टमा राखेका थिए ।
उक्त अपार्टमेन्ट बिनाले कसको नाममा राखेकी छिन् ? खुल्न सकेको छैन । यसैगरी ललितपुरको सुनाकोठीमा रहेको सिभिल होम हाउजिङमा पनि प्रकाशले श्रीमती विनाका लागि भव्य घर किनिदिएका थिए ।
उक्त घर पनि विनाले माइतीतिरका आफन्तको नाममा राखेको चाल प्रचण्डले धेरै पछि मात्रै पाएको समाचार स्रोतले जनाएको छ । विनाको गोप्य कारोबार सुनाकोठीबाटै हुने गर्दछ । बिनालाई ठेगान लगाउन प्रकाशकी जेठी श्रीमती सिर्जनालाई घर भिœयाउने लबिङ गंगा र रेणुले गरिरहेका छन्, तर प्रचण्डले त्यो हिम्मत गर्न सकिरहेका छैनन् ।
को हुन् बिना ?
२०४० मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा जन्मिएकी बिना चन्द्रबहादुर मगर र सावित्रीमाया मगरकी जेठी छोरी हुन् । कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी विना मगर अहिलेकी सबैभन्दा कान्छी मन्त्री हुन् । उनले स्नातकसम्म पढेकी छिन् ।
०५१ सालमा ११ वर्षको उमेरमै माओवादीको बाल कलाकार बनेकी बिनालाई २०६० सालमा सेनाले गिरफ्तार गरी २७ महिनासम्म भैरवनाथ गणमा राखेको थियो ।
शान्ति प्रक्रिया प्रवेशपछि उनी अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष भइन् । २०६४ सालको स्वविय’ निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्वविय’ सभापतिमा विजयी भइन् ।
यससँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन् । हाल उनी नेकपाको पोलिटब्य’रो सदस्य छिन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनप’रको १ नम्बर निर्वाचन क्षेत्रबाट अत्यधिक मत ल्याएर विजयी बनेकी ह’न् उनी ।
को हुन् रेणु ?
२०३३ असार २२ गते जन्मिएकी रेणु २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फवाट सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १ बाट निर्वाचन लडेकी रेणु कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् ।
रेणु माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिवसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा प्रचण्डले नेपाली कांग्रेससँग तालमेल गरी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर पदमा चुनाव जिताएका थिए तरुणमा समाचार छ ।
प्रतिक्रिया