Logo

समाचार

डिएसपीको सरुवा, म्याग्दीमा मरासिनी, दार्चुलामा रिजाल



प्रहरी प्रधान कार्यालयले केही डिएसपीको काज सरुवा गरेको छ । सरुवाअनुसार म्याग्दी र दार्चुला जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

म्याग्दीमा महेन्द्र मरासिनीलाई पठाइएको छ । त्यस्तै दार्चुलामा भेषराज रिजालको सरुवा भएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्ग र वडा प्रहरी कार्यालय बैदामका प्रमुख पनि फेरिएका छन् । दरबारमार्गमा बिनोद घिमिरे तथा बैदाममा कोमल शाहलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  २ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।