Logo

प्रमुख समाचार

स्ववियु निर्वाचन कार्यतालिका प्रकाशित गर्न दबाब



अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीबीच सोमबार संयुक्त बैठक बसेको छ । बैठकले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित नगरे संघर्षमा उत्रिनु पर्ने निर्णय निकालेको छ ।

बागबजारस्थित अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको बैठकपछि निकालिएको संयुक्त विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयले तोकेको मितिमा नै स्ववियु निर्वाचन गर्न माग गरेको छ ।

त्रिविले आगामी फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका तोके पनि विश्वविद्यालय प्रशासनले निर्वाचन कार्यतालिका प्रकाशनमा ढिलाई गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालयमा फागुन २ गतेसम्ममा कार्यतालिका प्रकाशित गरी स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाए संघर्षमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  २ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।