Logo

प्रमुख समाचार

नेविसंघमा नयाँ अध्यक्ष को ? महरको राजीनामा स्वीकृत, यी हुन् अध्यक्षका प्रत्यासीहरु



नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।सोमबार महरले सानेपामा पुगेर कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

‘नेविसंघका अध्यक्ष नैनसिंह महरले आज दिनु भएको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गर्नु भएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।‘उहाँले नेपाल विद्यार्थी संघमा रहँदा गर्नु भएको कार्यप्रति सभापति देउवाले धन्यवाद व्यक्त समेत गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेविसंघको अधिवेशन गर्न नसकेर विवादमा तानिएका महरको कार्यसमितिलाई कांग्रेसले पटक पटक म्याद थप गरेको थियो । महरले नेविसंघको विवाद मिलाउनै नसक्दा पार्टीको दवावमा सोमबार राजीनामा दिएका हुन् ।यसैबीच, नेविसंघको टीके अध्यक्ष बन्नका लागि नेताहरूको दौडधुप चलेको छ ।

नेविसंघको अध्यक्षका लागि अम्विका चलाउन, प्रेम जोशी, प्रकाश घिमिरे, ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, पुष्पकुमार शाही लगायतका नेताहरूको नाम आएको छ ।राजीनामा दिने क्रममा महरले सभापति देउवासँग आफ्नो मनभित्र रहेको भडास पनि पोखेका छन् । उनले आगामी दिनमा नेविसंघलाई बचाउन हो भने आफूलाई जसरी असफल नबनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ४ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।