स्ववियु निर्वाचनको अन्योलता बढ्दै गर्दा नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । कांग्रेस सभापतिलाई राजीनामा पत्र बुझाएका महरले नेवि संघको विवादले कांग्रेस पार्टीलाई नै बिथोल्न लागेको महसुस गरेर आफूले राजीनामा दिएको बताएका छन् । कांग्रेस एक ढिक्का हुनु अपरिहार्य भएकोले आफूले विवाद बढ्न नदिने सोचले पदत्याग गरेको महरको तर्क छ ।
पटक पटक म्याद थपिए पनि नेवि संघको १२औं महाधिवेशन हुन नसक्दा संघभित्रको राजनीति गर्माएको थियो । पछिल्लोपटक थपिएको उनको म्याद पनि यही माघ २ गते सकिएको थियो ।
आफ्नो राजीनामा पत्रमा महरले नेपाल र भारतको सीमा वीरगञ्जको छपकैयामा सीमा मिचिएको विरोधमा दशगजा क्षेत्रमा नेविसंघले गरेको ठूलो प्रदर्शन, हरेक वर्ष नेविसंघको तर्फबाट संयुक्त राष्ट्रसंघ युथ एसेब्लीमा विधिवत सहभागिताको व्यवस्था, २० वर्ष पछि सोसलिष्ट इन्टरनेशनल अफ युथको उपाध्यक्षमा नेविसंघको विजयसँगै नेविसंघको ६ लाख ५० हजार जना सदस्यता वितरण गरिनु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष महरले राजीनामा दिनुअघि आफूलाई पदलिप्त हुन मन नपर्ने प्रतिक्रिया दिएका थिए ।अध्यक्ष महरको राजिनामा स्वीृकत गरिएलगत्तै १२औं महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया