Logo

प्रमुख समाचार

नेकपाभित्र अझै विवाद, ओली–प्रचण्ड एउटै कार्यक्रममा देखिएनन्



नेपालको ठुलो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री)  र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध अझै सुमधुर हुन सकेको सकेको देखियको छैन् ।

आज फागुन १ गते अर्थात् अध्यक्ष प्रचण्डले जनयुद्ध सुरु गरेको दिन जुन दिन आज तत्कालीन नेकपा एमाले र नेकपा मावोबादीको एकता भएपछिको पहिलो जनयुद्ध दिवस तर काठमाडौंमा नेकपा र सरकारले दुई वटा कार्यक्रम आयोजना गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाले जनयुद्ध दिवस मनायो । त्यहाँ पार्टीका अध्यक्ष प्रचण्डमात्रै गए । तर, अर्का अध्यक्ष ओली गएनन् ।

यता, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा प्रधानमन्त्री ओली गए । तर, अर्का अध्यक्ष प्रचण्ड उक्त कार्यक्रममा गएनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको महत्वपूर्ण कार्यक्रममा प्रचण्ड नजानुको कारणबारे नेकपाभित्रै हल्लीखल्ली मच्चिएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  २ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।