तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएको एक वर्ष पुग्नलाग्दासमेत तल्लो तहमा एकता हुन नसकेको र पार्टी नै विघटन हुने हो कि भन्ने आशंकका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनायो ।
दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएपछि कार्यक्रम भव्य हुनुपर्नेमा नेता कार्यकर्ताले झनै खुम्चिएको महसुस गरे । तत्कालीन माओवादी पक्षकाले गरेको कार्यक्रममा ओली पक्ष सहभागी नहुनु र एकै दिन सरकारले गरेको कार्यक्रममा प्रचण्ड पक्षको सहभागिता न्युन हुनुले पनि नाममा एक भए पनि मन एकै हुन नसकेको आँकलन गरिएको छ ।
२०५२ फागुन १ गते जनयुद्ध सुरु गर्ने मूलधारका तत्कालीन नेकपा माओवादी र युद्धको कट्टर आलोचक तत्कालीन नेकपा एमालेबीच एकता भएको करिब ८ महिनामा भएको यो कार्यक्रममा खासै रौनक देखिएन । अघिल्लो साल तत्कालीन माओवादी केन्द्रले २३ औं जनयुद्ध दिवस मनाएको थियो । यो वर्ष मनाइएको जनयुद्ध दिवस कतिऔं हो, त्यो खुलाइएको थिएन । कार्यक्रमको नाम जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको थियो ।
पछिल्लो समय नेकपाभित्र पार्टी एकीकरणका विषयलाई लिएर नेताहरुबीच विवाद देखिरहँदा त्यसको प्रभाव भने बुधबारको कार्यक्रममा पनि प्रष्ट देखिन्थ्यो । यहांसम्म की पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली लगायत तत्कालिन नेकपा एमालेका शिर्षनेताहरु त कार्यक्रममै सहभागी भएनन् । कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओली व्यस्तताका कारण आउन नसकेको प्रष्टीकरण दिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका बेलादेखि अहिलेसम्म आएका राजनितिक उत्ररचढावका बारे बेलीविस्तार लगाए । यतिमात्र होइनले आफुहरुले अन्तराष्ट्रिय शक्तिहरुलाई समेत आश्चर्य पार्नेगरी काम गरिरहेकोले पछिल्लो समय नेपाल र अहिलेको सरकारलाइ कमजोर पार्न विदेशी शक्ति लागीपरेकोले पार्टी एकजुट हुनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले पनि पार्टीको तल्लो स्तर सम्म पार्टी एकीकरण नभएका कारण कार्यक्रमको आयोजना कसले गर्ने र कसरी गर्ने भन्नेमा द्विविधाका कारण सोचेजस्तो हुन नसकेको गुनासो गरे ।
विगतको कार्यक्रमलाई समिक्षा गर्ने हो भने दुइपार्टी्विच एकतापछिको यो कार्यक्रम थप भव्य र कार्यकर्तामा उत्साह देखिनुपर्ने हो, तर कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थिती हेर्दा खासै उत्साहित देखिदैनथ्यो ।
पार्टीले गरेको कार्यक्रममा तत्कालीन माओवादीका नेताहरू उपस्थित नहुँदा यता सरकारले गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि अध्यक्ष दाहाललगायत नेताको उपस्थिति देख्न सकिएन । यस्तो हुनुमा पार्टी एकताको काम पुरा नहुनुले धेरै हदसम्म असर पारेको नेताहरु नै स्वीकार गर्छन् ।
दुइपार्टी एकीकरण भएको यतिका महिना भइसक्दा पनि पार्टी औपचारिक रुपमा मिलेपनि नेताहरुबीच मन मिल्न नसकेको हो की भन्ने आंशका गर्नेै ठाउँ प्रष्टै देखिन्थ्यो । तत्कालीन माओवादीले ०५२ फागुन १ बाट सुरु गरेको सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो । युद्धको दौरानमा १७ हजारले ज्यान गुमाएका थिए भने उत्तिकै संख्यामा घाइते छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् । नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताउनु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शिर्ष नेताहरु मध्य अध्यक्ष पुष्पकमल दाहाल मात्र उपस्थित हुनुहुन्थ्यो भने नेपाल जनकपुर र अर्का नेता झलनाथ खनाल आफ्नै निवाशमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया