बहुप्रतिभाकी धनी नेपाली लोक तथा दोहोरी गित संगितकी पर्यायको रुपमा रहेकी बहुचर्चित गायिका मुना थापा मगर र चर्चित लोक दोहोरी गायक बिदुर आपागाइको स्वरमा नयाँ गीत बजारमा सार्बजनिक भएको छ।
पछिल्लो समय लोक दोहोरी गित संगीतले बजार तताइरहेको बेला “कोशी पारी” बोलको गीत मानेभञ्ज्याङको अफिसियाल युटूबबाट सार्वजनिक भएको हो ।उक्त गीतमा माधब थापाको शब्द र लय रहेको छ ।
बिदुर आपागाइको प्रस्तुति रहेको गीतलाइ मानेन्ज्याङ्ग म्युजिक प्रालिले बजारमा आएको हो । समिर ठोकरद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा सन्जिब ठोकर र शुष्मा मोक्तानको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया