Logo

प्रमुख समाचार

न्याथमका कार्यकारी निर्देशकले गुण्डा लगाएर विद्यार्थी नेता कुटेकाेप्रति अनेरास्ववियुकाे आपत्ति



न्याथम कलेजका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले गुण्डा लगाएर विद्यार्थी नेताहरुमाथि कुटपिट गरेकाे घटनाकाे अनेरास्ववियुले निन्दा गरेकाे छ । अनेरास्ववियुका महासचिव ऐन महरले विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाप्रति गम्भीर आपत्ति प्रकरट गरेका छन ।

कलेजका विद्यार्थीको निमन्त्रणामा संगठन विस्तारका लागि गएका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताहरूलाई कार्यकारी निर्देशक ढकालले गुण्डा प्रयाेग गरेर ढुंगा इट्टाले हानेकाे प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन । महासचिव महरले उनीहरुलाई प्रहरी र कलेज प्रशासनले तत्काल कारबाही नगरे अनेरास्ववियुले नै कारबाही गर्ने चेतावनी समेत दिएका छन ।

महरले अनेरास्ववियुलाई जिस्काउने कुचेष्ठा नगर्न आग्रह गर्दै घाइते भएर वयोधा अस्पतालमा उपचाररत संगठन नेताहरुकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन ।

पूरा विज्ञप्ति तल पढ्नुहाेस्

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ५ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।