Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली सुध्रिए पनि काण्ड कायमै : डा. मिनेन्द्र रिजाल



नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली सुध्रिदै गएको तर्क गरेका छन् ।सरकारको एक वर्षे समिक्षा सम्बोधनमा ओली विगतमा भन्दा धेरै परिवर्तन भएको रिजालले बताएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले विगतमा अनावश्यक आश्वासन दिने गरे पनि अहिले ओली केही पछि हटेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई देशको वास्तविक अवस्थाबारे भने केही पनि जानकारी नभएको रिजालको दावी छ ।एक वर्षमा ओली सरकारले गरेको कामका बारेमा रिजालले भने यो सरकारले कुनै पनि काममा सफलता पाउन सकेन वाइबडी काण्ड, ३३ सुन काण्ड, निर्मला पन्त हत्यारा काण्ड कहाँ छ केपी ओली सरकार ? भन्दै प्रस्न समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ४ : ५७ बजे