Logo

प्रमुख समाचार

गगर विश्वप्रकाशले केपी ओलीको झुट पत्ता लगाएपछि…..



कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्माले राष्ट्रवासीको नाममा दिइएको सम्बोधनमा अहंकार प्रकट भएको नेपाली कांग्रेसका युवा नेताहरूले आरोप लगाएका छन् ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताए ।

‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पूरा भए, नसकेको चार वर्षमा पूरा गर्छु भन्नु भएको भए हुन्थ्यो’, शर्मा भने, ‘गल्ती कमजोरी नै छैन भनिसकेपछि त के आशा गर्नु ?’ शर्माले समयमा बजेट खर्च नभएको, व्यापार घाटा बढेको, शेयर बजार घटेको देख्दादेख्दै राम्रै–राम्रो भयोभन्दा कसैले नपत्याउने टिप्पणी गरे ।

फागुन ५ गते पत्रकार सम्मेलनमार्फत कम्युनिस्ट सरकारको एक वर्षे कार्यकालबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता शर्माले बताएका छन् ।कांग्रेसका अर्का युवा नेता गगन थापा फरक मत राख्नेमाथि ओली असंहिष्णु तरिकाले प्रस्तुत भएको बताएका छन् । ‘प्रधानमन्त्री ओलीज्यूको भाषाशैली र प्रस्तुति हेर्दा अहंकार तुष्टिको अर्को श्रृखंला थप्नका लागि मात्रै सम्बोधन गर्नु भएको हो कि जस्तो लाग्यो’, उनले भनेका छन् ।

थापाले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनले ओलीले भने जस्तो पहिलो वर्ष आधार वर्ष हो भनेर उत्साह जगाउन नसकेको बताए ।ओली पहिलो वर्षमा कमी कमजोरी नै नभए जसरी प्रस्तुत हुँदा कम्युनिस्ट सरकारले अधिकतम गर्न सक्ने नै यति रहेछ भने जनतामा थप निराशा पैदा भएको थापाले बताए ।

अर्थतन्त्रको आंशिक पक्ष मात्रै देखाएर भ्रम छर्न खोजिएको थापाको आरोप छ । ‘तथ्यांकमा खेल्न मन लाग्दैन भन्दै आफू अनुकुलको तथ्यांक प्रस्तुत गर्नुभयो’, उनले भनेका छन् ।विश्वप्रकाश र गगनले ओलीको झुट पत्ता लगाएपछि कम्युनिस्ट सरकारलाई तनाब बढेको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ९ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।