Logo

प्रमुख समाचार

देउवाले भने – गफ हाँकेर, उखान टुक्का ठोकेर पानी जहाज र रेल कहाँ आउँछ र ?



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्यूनिष्ट पार्टीको सरकार विकास निर्माण र कुटनीतिक क्षेत्रमा पूर्ण असफल भइसकेको दावी गरेका छन् । एक बर्षमा उल्लेखनीय सफलता पाएको सरकारले दावी गरिरहेका बेला देउवाले गफ र चुट्कीलाबाट देश नबन्ने बताउँदै वर्तमान सरकार असफल भएको टिप्पनी गरेका छन् ।

‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दु.ख पाउने थिएनन्’ भक्तपुर कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले भने ‘ओली सरकार विकास निर्माण र कूटनीतिक हिसावले चुकि सकेको छ, यसलाई सफल सरकार भन्न सकिदैन ।’

सरकारले कर बढाएकै कारण महँगी बढेको भन्दै देउवाले महँगीका कारण जनताको ढाड सेकिएको बताए । ‘सरकारले कर बढायो, त्यसको मार जनताले खेपिरहेका छन्’ उनले भने ‘‘महंगी यति बढेको छ कि सर्वसाधारणलाई बाँच्न गाह्रो भइसक्यो।’ ओली सरकारले कुरा ठूला गरेको तर दुरगामी प्रभाव पर्ने कुनै पनि काम नगरेको बताए । ‘ओलीजीले ठूला–ठूला गफ हाँकिरहेका छन्, कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ र,’ देउवाले भने ।

देउवाले भेनेजुएला प्रकरणमा पनि आफ्नो मुख खोलेका छन् । भेनेजुएला प्रकरणमा सरकार चुकेको मात्र नभई नेपालको परराष्ट्र सम्बन्ध पनि विगारेको बताए । ‘विकास निर्माणमा त गरेनन्। पछि गरौला तर अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारे । यसले देशलाई निकै ठुलो क्षति पुरयाउने निश्चित छ ।’

विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको बताए । ‘सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ३ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।