Logo

प्रमुख समाचार

कार्यकर्तामा डिप्रेशनको महामारी फैलिदै, कसले फुटाउन खोज्दैछ नेकपा ?



सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको पार्टी फुटाउन ठूलै प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै प्रम केपी ओलीले नेकपाको दुई तिहाई बहुमतको सरकार बनेको र देशमा स्थिर सरकार बनेको मन नपराउनेहरु पार्टी भित्रै फुट ल्याउन लागेको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो उनीहरुको प्रयास सफल हुन दिइन्न ।

ओलीले घर भाड्नुले बालाई आमाको कुरा लगाउने आमालाई बाको कुरा लगाउनेहरुको उदाहरण दिँदै भन्नु भयो आमासँग बा जड्या भन्ने र बासँग आमा बोक्सी भनेर घर झगडा बढाउने जस्तै गतिविधि अहिले पार्टी भि भए पनि त्यसबाट आफूहरु नबहकिने समेत बताउनु भयो ।

उता जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डले पनि पार्टी फुटाउन ठूलै प्रयत्न भइरहेको बताउँदै त्यो प्रयत्न सफल हुन नदिने बताउनु भयो । दुवैले पार्टी फुटाउने प्रयास भएको बताए पनि त्यो प्रया कहाँबाट कसले गरेको भन्ने खुलाउन चाहेनन् ।

दुई नेताले कि त एकले अर्कोलाई आरोप लगाएको हुनु पर्यो वा बाहिय शक्तिको चलखेल नै हो भने पनि उनीहरुले फुटाएर पार्टी फुट्दैन । त्यसको निम्ती पार्टी भित्रकै नेताहरु प्रयोग हुनु पर्दछ ।

पार्टी फुटाउन मुखले भनेर फुट्ने होईन यसका निम्ती पार्टी भित्रबाटै कम्तीमा चालिस प्रतिशत सांसद् र केन्द्रीय सदस्य सहित निर्वाचन आयोगमा जानु पर्ने हुन्छ । यसो गर्न पार्टी भित्रकै हैसियत युक्त नेता बिना सम्भव हुँदैन ।

सार्वजनिक कार्यक्रमहरुमा एउटा अध्यक्षको कुरा अर्को अध्यक्षले काट्दै हिड्ने अनि पार्टी फुटाउने षडयन्त्र हुँदै छ भनेर भाषण गर्ने यो के चाला हो भनि अहिले ती पार्टीकै कार्यकर्ताले सोध्न थालेका छन् ।

उनीहरुको बुझाई छ प्रचण्ड र ओली एकले अर्कोलाई पार्टी फुटाउन प्रयोग हुन सक्ने भन्दै अविस्वास गरी रहेका छन् । एउटा त यो पार्टी एकता समयमा हुन नसक्दा रुष्ट बनेका कार्यकर्तालाई थामथुम पार्ने चाला हुन सक्छ किनकि पार्टी फुट्ने खतरा भयो भने पछि सबै कार्यकर्ता चुप लाग्दा छन् ।

अर्को नेताहरु नै एक अर्का प्रति सशंकित भएका हुन सक्छन् । नेताहरुको दोहोरी र कोलाहल जे चलेपनि अहिले तत्कालै नेकपा फुट्ने त कुनै सम्भवना छैन तर पछिल्लो अभिव्यक्तिहरुले नेकपामा आन्तरिक अविश्वास र असमझदारी बढ्दै गएको र जसले जहाँबाट जसरी गरे पनि नेकपा फुटाउने प्रयास घनिभुत रुपमा भएको जसले प्रचण्ड र ओली दुवैलाई पिरोलेको उनीहरुकै अभिव्यक्तिबाट प्रष्टै देखियो ।

कार्यकर्तामा डिप्रेशनको महामारी फैलिदैछ

नेकपा एमाले र माओवादी पार्टी एकीकरण भएको नौ महिना बितिसक्दा पनि तल्लोस्तरमा पार्टी एकता हुन सकिरहेको छैन । पार्टी एकता गर्ने जिम्मेवारी पाएको कार्यदलले विभिन्न बहाना बाजी बनाएर एकीकरणमा ढिलाई गरिरहेको छ ।

यसरी हेर्दा यो वर्षभरीमै पार्टी एकता केन्द्रदेखि गाउँ तहसम्म होला भन्नेमा अब विश्वास गर्ने ठाउँ छैन । गएको स्थानीय निर्वाचनमा र प्रदेश निर्वाचनमा सबै जिल्ला तथा क्षेत्रका एमाले तथा माओवादी दुवै पक्षका चल्तापुर्जा कार्यकर्ताहरु कोही मेयर भए कोही अध्यक्ष भए कोही प्रदेश सदस्य भए ।

बाँकी रहेका नेकपाका नेता कार्यकर्ता एकीकरणपछि हामीले पनि कुनै न कुनै पद पाउँछौं भन्ने आशामा थिए । तर, यो एकीकरणको ढिलाईले उनीहरु आज खेलो हराएको कामी जस्ता काम बिहीन भएर बसेका छन् ।

आफ्नो सबै तथा सहयोद्धा साथीहरु लाभको पदमा पुगेर कमाईदमाईका साथै समाजमा प्रतिष्ठा पनि कमाईरहेको यी विचरा नेता कार्यकर्ताहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् ।यसमा विशेष गरेर हिजोका पूर्व माओवादीहरु जो स्थानीय तहमा जिम्मेवारी विहीन भएर बसेका छन् । सबै भन्दा बढी पीडा उनीहरु भोग्न बाध्य छन् ।

किनकी हिजो माओवादीको प्रभाव उत्कर्षमा भएको बेला ति कार्यकर्ताहरुको घर आँगनमा विभिन्न काम लिएर आउने कार्यकर्ता तथा आम जनताको बिहानदेखि साँझसम्म भिडभाड रहन्थ्यो ।निर्वाचन पछि त्यो जमान निर्वाचित हुनेहरुको कित्तामा जम्मा हुने नै भयो । यता ती माओवावदीको प्रभाव र पावर क्षिण भएको हुँदा उनीहरु कहाँ धाउने जमात शुन्य प्राय भयो, नेपालीपत्रमा उल्लेख छ ।

त्यसैले यस्तो क्याटोगरीमा रहेका पुर्व एमाले तथा माओवादी दुवै खेमाका स्थानीय तहका नेता कार्यकर्ताहरुमा विगत केही समय यता व्यापक रुपमा डिप्रेसनको प्रभाव पर्न थालेको पश्चिम तराईबट काठमाडौं आएका एउटा समूहले गुनासो गरेका छन् । उनीहरुका अनुसार यो डिप्रेसनको रोग हाल देश व्यापी रुपमै फैलिरहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ४ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।