नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको एक वर्षको कार्यकाल जनतालाई उखान र टुक्का मात्र सुनाएर सकिएको टिप्पणी गरेका छन् ।
काभ्रेको बनेपामा तरुण दलको प्रशिक्षण कार्यक्रममा महासचिव शाहीले ओली सरकारको एक वर्षे कार्यकाल उखान र टुक्का मात्रै भनेर जनता हसाउन सफल भएको बताए । उखान टुक्का भनेर जनता हँसाएकोमा उनले कम्युनिस्ट सरकारलाई धन्यावाद र बधाई दिए ।
यो दुइतिहाइको कम्युनिस्ट सरकार पूर्ण रुपमा असफल भएको तरुण दलका महासचिव शाहीले बताए ।‘सरकार निरंकुश र अधिनायकवादी बनेको छ’, उनले भने, ‘सामाजिक संजालमा प्रतिबन्ध लगाउन खोज्दै छ ।’
शाहीले विदेशमा पसिना बगाएर सामान ल्याउने गरेका नेपालीहरूको सामान विमानस्थलमा लुट्ने कम्युनिस्ट सरकारको कार्यशैलीको पनि उनले विरोध गरे ।
प्रतिक्रिया