काठमाडौं । कप्तान सन्दीप लामिछानेसहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे ।
रोहित पौडेल १९ रनमा अविजित रहे । उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
















प्रतिक्रिया