Logo

प्रमुख समाचार

१२१ किलोको एउटै मालामा ३ कोइराला, देउवालाई झड्का, कसले के भने ?



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसले वीरगन्जमा आयोजना गरेको एक कार्यक्रममा कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला र सुजाता कोइरालालाई लाई एउटै मालाले सम्मान गरिएको हो।

शनिबार कोइराला परिवारका तीन नेता फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् वीरगन्ज पुगेका हुन्। बिरगन्जमा तीन नेतालाई एउटै मालाले सम्मान गरेर कोइराला परिवारको एकताका लागी आग्रह गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले कोइराला परिवार मात्रै नभएर अहिले सिङ्गो नेपाली कांग्रेसनै एकताबद्द हुनुपर्ने आवाश्यकता रहेको बताए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुले देस चलाउदा देशमा सबैतिर सङ्कट देखिन थालेकाले सिङ्गो नेपाली कांग्रेस एकताबद्द भएर अघी बढ्नु पर्ने समय आएको र त्यसकालागी तयार रहन देशैभरिका नेताकार्यकार्ता हरुलाई आग्रह गरे ।

तेस्तै नेता शेखर कोइरालाले देशमा भ्रस्टाचार महङ्गी र अराजकता बढेको बताउदै यसैगरी मुलुक अघाडी बढ्न नसक्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन्।

यस अघी पनि एस्तै कार्यक्रम मार्फत उनिहरुले कोइराला परिवारको एकता को सन्देश दिदै आएका छन । देशैभरिका कांग्रेस नेताकार्यकर्ताहरुको अनुरोध अनुसार आफुहरु आगामी महाधिबेशन बाट पार्टिको नेतृत्व लिनका लागी एकताबद्द भएर अघाडी बढेको उनिहरुले बताउने गरेका छन ।

देशैभरिका दुख पाएका कांग्रेस नेताकार्यकर्ताहरुलाई न्याय दिन र कांग्रेस पार्टिलाई शसक्त बनाउदै लइजान पार्टिमा आफुहरुको नेतृत्व आवश्यक परेको उनिहरुले ब ताउने गरेका छन ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  १२ : ४३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।